नेभिगेशन
राजनीति

राजनीतिक दलले बिर्सिएका मुख्य पाँच कुरा

नेपाली राजनीतिक दलहरू विगतका संघर्ष, जनआन्दोलन र बलिदानको इतिहासबाट उत्पन्न भएका हुन्। तर सत्तामा पुगेपछि धेरैजसो दलहरू जनताको अपेक्षा र मुल उद्देश्य बिर्सिएर सत्ताको स्वादमा रमाउने गरेको देखिन्छ।

जनताको विश्वासका आधारमा बनेका दलहरू आज जनविरोधी शैलीमा अघि बढिरहेका छन्। उनीहरूले बिर्सिएका प्रमुख कुराहररु  निम्नानुसार प्रस्तुत गरिएको छ । 

१. जनताको सेवा गर्ने मूल ध्येय

राजनीतिक दलहरू मूलतः जनताको हित र सेवाका लागि बनेका हुन्। तर आज तिनले जनताको सेवा भन्दा पनि आफ्ना कार्यकर्तालाई जागिर मिलाउने, नातागोता र आफन्तलाई लाभ दिने काममा केन्द्रित भएका छन्।

२. पारदर्शिता  र जवाफदेही तथा सुशासन

राजनीतिक दलहरूले चुनावका बेला पारदर्शिता, भ्रष्टाचार निर्मूल, जवाफदेही शासन जस्ता कुरा गर्ने गर्छन्। तर सत्तामा पुगेपछि यिनै मूल्य र सिद्धान्तहरू बिर्सिन्छन्। अनियमितता, ढिलासुस्ती, र भ्रष्टाचारले शासन प्रणाली अस्तव्यस्त भएको छ।

३. राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता

केही राजनीतिक दलहरू विदेशी शक्तिको दबाबमा चल्ने आरोप खेपिरहेका छन्। राष्ट्रहितभन्दा पार्टी वा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति देखिएको छ। यसले राष्ट्रिय स्वाभिमान र स्वाधीनतालाई हानि पुर्‍याइरहेको छ।

४. सहिष्णुता र सहकार्यको भावना

लोकतन्त्रको मूल आत्म सहिष्णुता, बहस र सहकार्यमा आधारित हुन्छ। तर दलहरूबीच आपसी दोषारोपण, द्वन्द्व र असहिष्णुता बढेको देखिन्छ। राजनीतिक लाभका लागि जनतालाई विभाजित गर्ने प्रवृत्तिले सामाजिक एकतालाई कमजोर बनाइरहेको छ।

५. दीर्घकालीन विकास नीति

चुनावमुखी राजनीति गर्ने क्रममा दलहरूले दीर्घकालीन विकास योजनाहरू बिर्सिएका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारीजस्ता क्षेत्रमा दीगो नीति र लगानी गर्नेतर्फ कम ध्यान दिएको देखिन्छ।

- (मुसिकोट नगरपालिका -१ रुकुम पश्चिम निवासी लेखक ओली नेपाल विद्यार्थी संघ मुसिकोटको नगर अध्यक्ष हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

नेतृत्वको विकल्प खोजिरहेको रुकुम

रुकुमेली जेन-जी - अब उठ, जाग !