नेभिगेशन
समाज

काफल टिप्ने क्रममा रुखबाट लडेर एक महिला गम्भिर घाईते

रुकुम पश्चिमको आठविसकोटमा एक महिला रुखबाट लडेर घाईते हुनुभएको छ । 

आठविसकोट नगरपालिका -११ चौर निवासी ३४ वर्षीया सीता गिरी बिहिबार दिउँसो रुखबाट लडेर घाईते हुनुभएको हो । 

प्रहरीका अनुसार स्थानीय स्यारी खारा जङगलमा काफल टिप्न गएको बेला उहाँ रुखबाट लड्नु भएको हो । उहाँको टाउको, छाति र पेटमा चोट लागेको छ ।  

गिरीको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको थियो । अवस्था गम्भिर भएपछि उहाँलाई थप उपचारका लागि नेपालगञ्ज लिईएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्