नेभिगेशन
समाज

झुल्नेटामा हाजिरीजवाफ प्रतियोगिता

रुकुम पश्चिम । ‎ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटामा मा वि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

किवानिज इन्टरनेसनल क्लव अफ खाराको आर्थिक तथा प्राविधिक सहयोग र सहीद स्मृती युवा क्लव त्रिवेणी गाउँपालिका–३ को व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो । ‎

‎प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ८ पेउघा प्रथम स्थान हासिल गर्दै ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त ग¥यो । त्यस्तै, द्वितीय स्थानमा जनशक्ति माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ६ विताडाँडा रहँदा साधारण माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ७  मुरुडाँडाले तृतीय स्थान प्राप्त गरेका छ । भने युवा जनजागरण माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका–३ झुल्नेटा सान्तोना भएको थियो ।  दोस्रो, तेस्रो र सान्तोना स्थान प्राप्त गर्ने समूहहरूले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

‎प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई सहिद स्मृति क्लवले गाडीभाडा तथा खाजाखर्चको व्यवस्था गरेको थियो। सहिद स्मृति क्लवका अध्यक्ष सर्वजीत ओलिको स्वागत मन्तव्यबाट सुरु भएको प्रतियोगिताको किवानिज इन्टरनेसनल क्लव अफ खाराका अध्यक्ष वीर बहादुर ओलिको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा क्लवका बोर्ड अफ ट्रस्टी मोहन लम्सालको प्रमुख अतिथि थिए भने त्रिवेणी गाउँपालिका ३ का वडाध्यक्ष दिपेन्द्र कुमार ओली विशेष अतिथि रहनु भएको थियो ।

कार्यक्रममा क्लवका सल्लाहकार भरत प्रसाद ढुङ्गेल, अक्सफोर्ड विश्वविद्यालयका ग्लोबल लिडर नरबहादुर टण्डन, क्लवका कोषाध्यक्ष राजन प्रसाद न्यौपाने, डिभिजन एल टी विकास लम्साल, बाइलज युवराज न्यौपाने, विद्यालयका प्रधानाध्यापक टिकाराम खडका, विभिन्न विद्यालयका शिक्षक, पत्रकार तथा मिडियाकर्मीहरूको उपस्थिति रहेको थियो।

‎कार्यक्रमको सञ्चालन क्लवका सचिव भीम रसाइलीले गर्नुभएको थियो।  प्रतियोगिता क्लवका बोर्ड अफ ट्रस्टी मोहन लम्सालले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो । क्लवले बालबालीका र समुदायको क्षेत्रमा काम गर्दै आएको बोर्ड अफ ट्रस्टी मोहन लम्सालले जानकारी दिनुभयो । 

क्लवले यस अघि गाउँपालीकामा रहेका भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण गरेको थियो । वडा नम्वर ३ मा रहेको युवा जनजागरण आधारभुत विद्यालय कुरलमा ११ लाख बराबरको दुई कोठे भवन र वडा नम्वर ४ को अन्धनासक माध्यमिक विद्यालय खुम्चेरिमा ११ लाख बराबरको दुई कोठे पक्की भवन निर्माण गरेको थियो । त्यस्तै ३ नम्वर वडामै रहेको प्रस्तावित बाल मञ्जरि वालबिकास केन्द्रमा २ कोठे कच्ची भवन तीन लाख र जनश्रमदणबाट निर्माण गरिएको थियो । 

क्लवका बोर्ड अफ ट्रस्टी मोहन लम्सालको पहलमा भुकम्पबाटै प्रभावित त्रिवेणी गाउँपालीकाम रहेको रेडियो समावेशी आवाजलाइ एक सेट कम्प्युटर पनी उपलब्ध गराएको किवानिज इन्टरनेसनल क्लव अफ खाराका अध्यक्ष वीर बहादुर ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज