नेभिगेशन
समाज

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नौमूले गाउँपालिका –८ चौराठाका ३१ वर्षीय दशरथ शाहीको चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शनिबार दिउँसो करिब ३:५० बजे तिर घरमै परेको चट्टयाङले घाइते भएका दशरथलाई उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

त्यस्तै, सोही ठाउँमा चट्याङमा परेर मृतक दशरथका ३ जना सन्तान श्रीमती २७ वर्षीया विपना शाही, ११ वर्षकी छोरी र ३ बर्षका छोरा घाइते भएका छन् । उहाँहरुलाई दैलेख अस्पतालमा उपचारपछि घर फर्किसकेको सूचना अधिकारी प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज