नेभिगेशन
समाज

जाजरकोटमा वित्तीय साक्षरता सम्पन्न

जाजरकोट । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, जाजरकोट खलंगा शाखाले वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाले फागुन २२ गते संस्थामा आवद्ध भई वित्तीय कारोबार गरिरहेका सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सन्चालन गरेको छ ।
कार्यक्रमले स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन, र जोखिम न्यूनीकरणका महत्त्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमको सभाध्यक्ष तथा संस्थाका अनुगमन अधिकृत हिमलाल ओलीले बचत, आम्दानी र खर्चको सन्तुलन, आवश्यकताका प्राथमिकता निर्धारण, कर्जाको सदुपयोग, बिमाको महत्त्व, र जोखिम व्यवस्थापनबारे सहभागीहरूलाई प्रष्ट पार्नुभयो। उहाँले सहभागीहरूलाई कर्जाको सही उपयोगले मात्र आर्थिक स्थिरता हासिल गर्न सकिने र अनियमितताबाट जोगिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा भेरी नगरपालिका वडा नं। ४ का वडा सदस्य बसुन्धरी नेपाली ले कर्जालाई समयमा फिर्ता गर्ने र आम्दानी वृद्धि हुने क्षेत्रमा लगानी गर्ने महत्त्वका विषयमा प्रकाश पार्दै, “वित्तीय अनुशासनलाई आत्मसात् गरेमा मात्रै आर्थिक जीवन सफल हुन सक्छ” वहाले बताउनुभयो ।
विशिष्ट अतिथिका रूपमा भेरी नगरपालिका वडा नं। ४ का वडा सदस्य गम्ब कुमारी शाहले डिजिटल कारोबार र साइबर सुरक्षाका विषयमा महत्त्वपूर्ण जानकारी दिनुभयो। उहाँले डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, साइबर जोखिमको पहिचान, र सुरक्षित लेनदेनका उपायहरूबारे सहभागीहरूलाई सचेत गराउनुभयो।
कार्यक्रमको सञ्चालन जाजरकोट खलंगा शाखाका शाखा प्रवन्धक महेन्द्र खत्रीले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थापन र सञ्चालनमा प्रभावकारी रूपमा प्रस्तुत गर्न जोडदिनुभएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अनुगमन अधिकृत हिमलाल ओलीले गर्नुभएको थियो भने भेरी नगरपालिका वडा नं। ४ का वडा सदस्य बसुन्धरी नेपाली को प्रमुख  आतिथ्यता तथा वडा नं। ४ का वडा सदस्य गम्ब कुमारी शाहको विशेष आतिथ्यता रहेको थियो । 
कार्यक्रममा विजय लघुवित्त वित्तीय संस्था लि जाजरकोट शाखा प्रबन्धक महेन्द्र खत्री, संस्थाका अनुगमन अधिकृत हिमलाल ओली, भेरी नगरपालिका वडा नं। ४ का वडा सदस्य बसुन्धरी नेपाली, भेरी नगरपालिका वडा नं। ४ का वडा सदस्य गम्ब कुमारी शाह, शाखाका कर्मचारी सिला कुमारी गिरी, दिपेन्द्र गिरी, , जिल्ला प्रहरी कार्यालय जाजरकोटका सहायक हवल्दार कमल अधिकारी, प्रहरी जवान दिनेश धिताल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ४० जना सहभागीहरूले कर्जा व्यवस्थापन, बचत, र जोखिम न्यूनीकरणबारे ज्ञान हासिल गर्न पाएको प्रतिक्रिया दिएका थिए। सहभागीहरूले यस्ता कार्यक्रमहरूले आफ्नो वित्तीय व्यवहारलाई सुधार गर्न प्रेरणा मिलेको बताउनुभयो।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित रूपमा अघि बढाउँदै सदस्यहरूको आर्थिक सक्षमतामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

कमलदहबाट जरा निकाल्नेको भीड