chrj chrj Suchi darta bafikot Suchi darta bafikot
chrj chrj Suchi darta bafikot Suchi darta bafikot

 झरिका बिच स्यार्पूमा महोत्सव उद्दघाटन

शुक्रबार, असोज ११, २०८१

रुकुम पश्चिम । १४ औं स्यार्पू बृहत खेलकुद, कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव उदघाटन भएको छ। शुक्रबार एक कार्यक्रमका बिच रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ स्थित स्यार्पुताल परिसरमा आयोजना गरिएको १४ औं स्यार्पू बृहत खेलकुद कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ उदघाटन गरिएको हो । 

बाँफिकोट गाउँपालिकाको आयोजनामा सन्चालन भएको उक्त बृहत खेलकुद कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवको उद्घाटन कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम प्रदेश सभा सदस्य महेन्द्र केसीले गर्नुभएको हो।

‘‘जल जमिन जडिबुडी कृषि कला सांस्कृति र खेदकुद विकास मुख्य आधार, स्यार्पू ताल संरक्षण विकास हाम्रो कार्यभार’’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव असोज ११ गते देखि २३ गते सम्म चल्ने महोत्सव मुल समारोहका समतिका अध्यक्ष डेनी विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकार सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने छ । यसैगरि महोत्सवमा भलिबल प्रतियोगिता सँगै अन्य खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने बताएको छ ।

पर्यटन प्रवद्र्धन तथा स्यार्पू तालको प्रचारप्रसार गर्न गाउँपालिकाले हरेक वर्ष स्यार्पूमा महोत्सव आयोजना गर्दै आएकोमा यसपटक पनि आयोजना गरेको हो ।  
गाउँपालिका अध्यक्ष जनक कुमार बांठाको अध्यक्षतामा रहेको उदघाटन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष तारा बुढाले राख्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्