नेभिगेशन
पर्यटन
लोभलाग्दो झरना

सानीभेरीमा लोभलाग्दो ‘मुसे’ झरना

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -४ स्थित मुसे झरनाले पछिल्लो समय आन्तरिक पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । सधै कञ्चन देखिने यहाँको पानीले वर्षायाममा झरना थप लोभलाग्दो हुन्छ । 

वर्षायामको पानीले ठुलो देखिने  र धमिलो नहुने लोभलाग्दो झरना हेर्न आउनेहरुको संख्या बढीरहेको छ । यो झरनामा सधै सफा र स्वच्छ सेतो पानी देखिन्छ । सानीभेरी गाउँपालिका –४ का वडा अध्यक्ष मनोज बुढाथोकीले जिल्ला सदरमुकामबाट गरायला हुँदै आठबिसकोट जाने सडकको छेउमा रहेको यो झरना हेर्न आउनेहरुको संख्या दैनिक बढीरहेको बताउनुभयो । 

अग्लो स्थानबाट सेतो निश्चल पानी खस्ने भएकोले दृश्य थप रमणीय भएको उहाँले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जाल तथा मिडियाहरुमा मुसे झरनाको प्रचार हुन थालेपछि यहाँ आउनेहरुको संख्या बढेको उहाँले बताउनुभयो । झरना छेउमा उभिएर रिल्स, टिकटक तथा भिडियो बनाउनेहरु दैनिक आउने गरेका छन् । 

Muse-jharana_Rukum_Raju-(3)-(1)-1787571866.jpgसानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले पर्यटकीय सम्भावना बोकेको यो स्थानमा मौराखारा लेकबाट स्वच्छ पानी आउने गरेको बताउनुभयो । उहाँले लेकको मुहानबाट पानी आउने भएकोले यो झरनाको पानी कहिल्यै पनि धमिलो नहुने जनाउनुभयो । 

अन्य समयमा सानो पानी हुने यो स्थानमा बर्षायाममा ठुलो झरना हुने गर्दछ । यसको संरक्षण, सम्वद्र्धन र प्रचारका लागि गाउँपालिकाले आवश्यक योजना ल्याउने उहाँले बताउनुभयो । 

Muse-jharana_Rukum_Raju-(1)-1787571867.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्