लोकप्रीय
थप पर्यटन
पर्यटक लोभ्याउने रुकुमको स्यार्पुताल
आइतबार, साउन ३१, २०८३
मनसुनमा जाग्ने ढोरपाटन : सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
आइतबार, असार १४, २०८३
स्यार्पु सिस्ने ट्रेकिङ रुटमा पर्यटकको आवासको लागि सामुदायिक भवन निर्माण
सोमबार, जेठ १८, २०८३
दुई पहाडका बिचमा रहेको 'भाईरल' झोलुङ्गे पुल
शनिबार, चैत १४, २०८२
नेपाली सेनाद्वारा पेल्मामा तातोपानी स्नान कुण्ड निर्माण
बुधबार, चैत ११, २०८२
सेताम्य चित्रिपाटन
सोमबार, माघ २६, २०८२
जाजरकोटबाट देखिएको चौरजहारी उपत्यका
शुक्रबार, असोज १०, २०८२
मुसिकोट हेरिटेज रनमा रुकुम पश्चिमका दुर्गा प्रथम
बिहीबार, भदौ १२, २०८२

बिशेष गरी वर्षायाममा हेर्नलायक हुने यो तालको शोभा यतिबेला हलक्कै बढेको छ । स्यार्पूतालको आकार वर्षा र हिउँदमा फरक हुन्छ । आकार मात्र होईन रंग पनि बदल्छ स्यार्पुले । भरिभराउ तालको साउन देखि असोज महिना भरी अवलोकन गर्न सकिन्छ । त्यसपछि तालको आकार विस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल निकै रमणिय देखिन्छ ।
होमस्टे संचालक हिरालाल केसीले अहिले ताल टम्म भरिएर लोभलाग्दो बनेको र हेर्न आउनेहरुको संख्या बढीरहेको बताउनुभयो । तालको सुन्दरतामा रमाउने, फोटो तथा भिडियो बनाउने, होमस्टेमा अग्र्यानिक खाना, खाजाको स्वाद लिनेहरु अरु भन्दा सार्वजनिक बिदाको दिनमा बढी हुने केसीले जानकारी दिनुभयो ।
स्यार्पूताल पुग्नको लागि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोटबाट करिब तीन घण्टाको पैदल यात्रा लाग्छ भने २० किलोमिटर मोटर बाटो रहेको छ । -1722049194.jpg)
-1722049015.jpg)
-1722049000.jpg)
-1722049015.jpg)






