लोकप्रीय
थप कला/संस्कृती/धर्म
आमाको स्मृतिमा चौरजहारीमा लक्ष्मी–नारायण मन्दिर निर्माण
आइतबार, असार १४, २०८३
लोक भजन चुड्का प्रतिष्ठान रुकुम पूर्वको अध्यक्षमा बिमला
बुधबार, फागुन ६, २०८२
हेर्नुहोस् पुस महिनाकाे राशिफल
मंगलबार, पुस १, २०८२
रुकुम निवासी ईन्जिनियर राजेश र गायिका सुनिता दुलालले कसे लगनगाँठो (तस्बिरहरु)
शनिबार, मंसिर १३, २०८२
मंसिर १ गतेदेखी बेल्टापु मेला लाग्ने, पुरुष र महिला भलिबल प्रतियोगिता हुने
शनिबार, कात्तिक २२, २०८२
चित्रिपाटन चिनाउन साहसिक ट्रेल म्याराथन प्रतियोगिता, ओली उत्पत्तिस्थलमा प्रवेशद्वार
बुधबार, कात्तिक १९, २०८२
पाँच दिनसम्म लागेको डिग्रे मेला सकियो, मेलाको मुख्य आकर्षण ‘लट्ठी नाच’
बुधबार, कात्तिक १९, २०८२
यस वर्षको डिग्रे मेला कात्तिक १५ गतेबाट, मुख्यमेला १९ गते लाग्ने
शुक्रबार, कात्तिक १४, २०८२

उहाँका अनुसार स्थान अनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधाम सहित नाचगान गर्दै बलि चढाउने गरिन्छ । समापनको दिनमा अगुवाहरुलाई सम्मान गर्ने, नाचगानमा सरिक भएकाहरुलाई दक्षिणा दिने (दान फाल्ने) चलन रहेको छ ।
बलपुजा अर्थात भूमि पुजा मगर जातिका लागि निकै महत्वको चाड भएकाले खाम मगरले यस चाडमा भूमे नाच नाचेर आपसमा सद्भाव साट्दै मनाउने गरेको स्थानीय युवा नागेन्द्र कुमार पुनले जानकारी दिनुभयोे । उहाँले जेठ १ गतेबाट सुरु भएको भूमे नाच आज समापन गरिने बताउनुभयो ।
भूमे पर्वमा सबै मगरहरु सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख पीर बिर्सने र मन खुशी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात भूमिलाई आफ्नो मुख्य देवताको रूपमा मानेर पुज्ने चलन रहेको छ । भूमिको पुजा भएपछि देवता खुशी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नाश भई पृथ्वीवासी सबैमा खुशी आउने विश्वास रहेको छ ।
भूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा पुस्ता र बालबालिकाको पनि उत्तिकै आकर्षण रहेको छ । उनीहरू पनि साथीहरूसँग रमाएर आफ्नो मौलिक पोशाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने गर्छन् ।-1718787176.jpg)
-1718786969.jpg)






