नदुवामा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाईते

सोमबार, जेठ १४, २०८१

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -७ गोरेडाँडा नदुवामा ट्याक्टर दुर्घटना भएको छ । 

सोमबार बिहान नदुवाबाट जिल्ला सदरमुकाम मुसिकोट खलंगा तर्फ आउँदै गरेको लु ४ त ८९८८ नम्वरको ट्याक्टर दुर्घटनामा परेर दुई जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार घाईते हुनेमा ट्याक्टर चालक आठविसकोट नगरपालिका -९ निवासी २४ वर्षिय अम्मर बिक र सहचालक आठविसकोट नगरपालिका -३ बस्ने २३ वर्षिय सुमन थापा रहनुभएको छ । 

चालक बिकको बाँया खुट्टामा र सहचालक थापाको दायाँ हातमा चोट लागेको र अवस्था समान्य रहेको डिएसपी पोखरेलले जनाउनुभयो । 

ट्याक्टरको ब्रेक फेल भई सडक भन्दा करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्