आठविसकोटमा ट्याक्टर दुर्घटना, ट्रालीमा बसेका एक जना घाईते

आइतबार, जेठ १३, २०८१

रुकुम पश्चिमको आठविसकोटमा ट्याक्टर दुर्घटना भएको छ । आईतबार दिउँसो १ बजे राडिबजारबाट नगरपालिकाको १ नम्वर वडातर्फ जाँदै गरेको रा १ त ५०२४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

दुर्घटनामा परेर एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार कालिकोटको पताला गाउँपालिका ५ बस्ने ४५ वर्षिय धनुमाल बिक घाईते हुनुभएको छ ।

घाईते बिकलाई उपचारको लागि वडा नम्वर २ स्थित स्याला स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारको लागि उहाँलाई रिफर गरिएको छ । 

स्याला स्वास्थ्य चौकीका अनुसार बिकले ढाड चलाउन सक्नुहुन्न भने बान्ता गरिरहेको अवस्था रहेको छ । सुविधा सम्पन्न अस्पतालमा लिनलाई रिफर गरिएको र आठविसकोट नगरपालिकाबाट एम्बुलेन्स आउँदै गरेको बताईन्छ । 

वडा नम्वर १ तर्फ जाने भित्रि सडकमा दुर्घटना भएको हो । बाटो अप्ठ्यारो भएको कारण ट्याक्टरको पछाडीको ट्राली पल्टिएको र उक्त ट्रालीमा सवार बिक घाईते हुनुभएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । 

उक्त ट्याक्टरमा ५ जना सवार रहेको र अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्