कविता : म कस्को मुख हेर्ने आमा ?

बुधबार, वैशाख २६, २०८१

कविता : आमा !

हेर त !
आज हजारौंले वर्णन गर्दैछन्
आफ्नो आमाको बारे
सामाजिक सञ्जालमा भर्दैछन् 
आफ्नो आमाको बारे ।

आज त मातातीर्थ औसीं रे
तिम्रो मुख हेर्ने दिन
बसिदिन्छु म एकान्तमा 
आईदेउन तिमी एकैछिन् । 

मलाई थाह छ,
तिमी अदृश्य छौ
अनि कहिल्यै नफर्कने गरि 
गएकी पनि छौ ।

आमा, आज मात्र भएनि
तिमी आएको आभास देउ न
अनि म तिमीलाई सवाल गर्छु
तिमी मलाई जवाफ देउ न ।

तिम्रो कोखबाट जन्मिएर
तिम्रो काखमा हुन नपाएकी म
ताते गर्दै हिड्न थाल्दा
तिम्रो औलासम्म छुन नपाएकी म ।

आज मलाई भन न आमा 
म तिम्रो बारे के लेखु  ?
न तिमी, न त तिम्रो तस्बिर साथमा 
आजको दिन म के हेरु ?
म कस्को मुख हेर्ने आमा ?

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : अधुरो प्रेम
बुधबार, वैशाख २६, २०८१

कविता : म पनि हिँडे साथी !
बुधबार, वैशाख २६, २०८१

गजल - दिपशिका ओली
बुधबार, वैशाख २६, २०८१

कविता : म त्यो नारी !
बुधबार, वैशाख २६, २०८१