रुकुमका क्रियाशिल पत्रकार लामिछाने सम्मानित

शनिबार, वैशाख १५, २०८१

रुकुमका क्रियाशिल पत्रकार राजु लामिछाने सम्मानित हुनुभएको छ । 

चौरजहारी नगरपालिका –१ निवासी पत्रकार लामिछानेलाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले सम्मान गरेको हो । 

शनिबार दैलेखको कोतगढीमा भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको ऐतिहासिक तेस्रो प्रदेश अधिवेशनको अवसरमा उहाँलाई सम्मान गरिएको हो । 

पत्रकारीता क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै  लामिछानेलाई सम्मान गरिएको हो । 

लामिछाने विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल उहाँ गोरखापत्र राष्ट्रिय दैनिक, मूलपाटी अनलाईन, उज्यालो अनलाईन तथा रेडियो, असल शासन लगायतका मिडियामा कार्यरत हुनुहुन्छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्