सिम्रुतुमा महोत्सव सुरु

शुक्रबार, वैशाख १४, २०८१

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -२ सिम्रुतुमा 'प्रथम त्रिवेणी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव' सुरु भएको छ । मयुर युवा क्लबको आयोजनामा शुक्रबारबाट महोत्सव सुरु भएको हो । 

आगामी वैशाख २४ गतेसम्म सञ्चालन हुने महोत्सवको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले उद्घाटन गर्नुभएको छ । 

उद्घाटन कार्यक्रममा विभिन्न झाँकीहरू, पञ्चेबाजा, आमा समुहहरुले नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा भोलीदेखि विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति रहने आयोजकले जनाएको छ । भोली चर्चित गायक सन्दिप न्यौपानेको प्रस्तुती रहने बताईएको छ ।  

महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, नायक दिलिप रायमाझी, गायक पुष्कल शर्मा, टंक तिमल्सिना, बाल गायक सुप्रीम मल्ल, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव संयोजक सोमपाल कामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसी, रुकुम उद्योग वाणिज्य संघ सदस्य दिपिका चन्द, जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधीहरु, सुरक्षा निकाय,  पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार बलेन्द्र ओलीले गर्नुभएको थियो । 

1d850958-f7b8-4970-af4f-375206e40f78-1714147536.jpeg

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्