रुकुमकोटमा सुरु भयो महोत्सव, भोली रामजी खाँडको प्रस्तुती हुने

शुक्रबार, चैत २३, २०८०

रुकुमकोटमा 'पूर्वी रुकुम साँस्कृतिक कृषि पर्यटन तथा व्यापार महोत्सव' आजदेखि सुरु भएको छ । 

अठाले ग्रुप प्रा.लि.को आयोजनामा जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माध्यामिक बिद्यालयको प्राङ्गणमा आज एक कार्यक्रमका बिच महोत्सबको उद्धघाटन गरिएको हो ।

महोत्सबको उद्धघाटन जिल्ला समन्वय समिती रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले ब्यानर पढेर गर्नु भएको हो ।  आज उद्धघाटन गरिएको महोत्सव आगामी बैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।  ।

जिल्लाको पर्यटन कला संस्कृतीलाई जगेर्ना तथा संरक्षण गर्दै लुकेका प्रतिभा पहिचानका लागि महोत्सबको आयोजना गरिएको आयोजक समितीका अध्यक्ष सुधन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सब अबधीभर देश तथा बिदेशमा ख्यातीप्राप्त कलाकारहरु सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । यसका साथै जिल्लाको व्यपार व्यवसायमा पनि महोत्सवले टेवा पु¥याउने उहँको भनाई रहेको छ । 

caf29e01-5462-435c-93a6-d3ce5e826bc71712329347.jpeg

आज पहिलो दिन उद्धघाटनका साथै स्थानीय कला, संस्कृतीहरु प्रस्तुत गरिएको थियो । भोली महोत्सबमा चर्चित कलाकार रामजी खाँडसँगै कन्चन पुन लगाएतका कलाकारहरुको प्रस्तुती रहने महोत्सब आयोजक समितीका संयोजक लखन स्वारले बताउनुभयो । 

अठाले ग्रुप प्रा.ली. का अध्यक्ष सुधन रेग्मीको अध्यक्षता रहेको उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्मा, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुका साथै सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

महोत्सब आयोजक समितीका संयोजक लखन स्वारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन चन्द्र रसाईलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्