नेभिगेशन
समाज

करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाती कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुडिएर घरको आगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाती कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज