अनलाइन फोटोग्राफी प्रतिस्पर्धा हुदै

शुक्रबार, माघ ५, २०८०

काठमाडौं । एन्टि ह्युमन क्यामिटी एसोसियसन अफ नेपालले अनलाइन फाटोग्राफी प्रतिस्पर्धा गराउँदै छ ।

फोटोग्राफीमा रुचि भएका तर अवसर प्राप्त नगरेकाहरुलाई मध्यनजर गर्दै उक्त प्रतियोगिता संचालन गर्न थालेको एन्टि ह्युमन क्यामिटी एसोसियसन अफ नेपालका अध्यक्ष दिपक शर्माले जानकारी दिनुभयो । उक्त प्रतिस्पर्धाको लागी पुस २५ गते देखि सुरु भएर माघ १९ गतेसम्म आवेदन मिती रहेको समेत शर्माले बताउनुभयो ।

उहाँका अनुसार फोटोग्राफीको क्रियटिभ क्याटेगोरी सामाजिक क्रियाकलाप वा प्राकृतिक सौन्दर्यको ओरजिनल फोटो हुनुपर्ने छ । 

प्रतिस्पर्धामा  बिजेतालाई  नगद सात हजार र प्रमाणपत्र रहेको छ भने उपविजेतालाई नगद तीन हजार सहित प्रमाणपत्र रहेको छ । यस्तै उत्कृष्ट ३० जनालाई प्रमाणपत्र दिइने एन्टि ह्युमन क्यामिटी एसोसियसन अफ नेपालले जानकारी दिएको छ । 

फोटोग्राफी प्रतियोगितामा भाग लिनको लागी निम्न लिंकमा आवेदन दिन सकिेने छ ।  

https://forms.gle/f4ZAuX11tBmDCZqeA

 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्