नेभिगेशन
राष्ट्रिय
राप्ती

राप्ती बन्द: सल्यानमा सवारी साधन तोडफोड

सल्यान ।

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण आज विभिन्न जिल्लाको जनजिवन प्रभावित बनेको छ । सल्यानमा बन्द अवज्ञा गरेको भन्दै सवारी साधनमाथी तोडफोड भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ट्रक र जीपमा फोडफोड गरेका छन् ।

श्रीनगरबाट दाङ तुलसीपुर जादै गरेको ना ५ ख ६३३८ न ट्रक र लु २ च २७२५ न जीप माथि त्रिवेणाी गाउँपालिका वडा न ५ सल्लेखोलामा तोडफोड भएको प्रहरीले जनाएको छ ।

ट्रक र जीपको अगाडीको सिसा फुटेको छ । प्रहरीका अनुसार जंगलबाट बन्दकर्ताले ट्रकमाथि ढुंगा प्रहार गरेका थिए ।राप्ती बन्दले बिहानैदेखि लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन भने शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द रहेका छन् ।

देशका विभिन्न स्थानबाट आफ्ना नेता कार्यकर्ता पक्राउ गरिएको विरोधमा राप्ती बन्द गरिएको राप्ती इन्चार्ज सुवास वाठा द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

देशै भरि र विशेष गरी राप्तीका विभिन्न जिल्लाबाट प्रशासनले गैर कानुनी र गैर लोकतान्त्रिक विधिबाट गिरफ्तार , धरपकट गर्ने लगायतका कार्य तत्काल रोक्न समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय