नेभिगेशन
राष्ट्रिय

बर्षा र हिमपातले बस सेवा एक महिनादेखि अवरुद्ध

बैतडी ।

बैतडीको श्रीभावरदेखि हाट सम्मको सडक हिलाम्य हुँदा बस सेवा सञ्चालनमा आउन सकेको छैन् ।

गत महिनादेखिको लगातार भएको बर्षा र हिमपातले अवरुद्ध बनेको सो सडकमा एक महिनादेखि बस सेवा सञ्चालनमा आउन नसकेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए ।

महेन्द्रनगर र धनगढीबाट हाटका लागि आउने बस सञ्चालन नआउँदा पुरचौंडी क्षेत्रका नागरिकलाई समस्या भएको उनले बताए ।

सो सडकको ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले बस सेवा सञ्चालनमा आउन नसकेको हो । यो बर्ष लगातार हिउँदे बर्षा र हिमपात हुँदा जिल्लाका अधिकांश ग्रामीण कच्ची सडकहरु अवरुद्ध बनेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय