सल्यान दुर्घटना अपडेट : १६ जना घाईते, चालक फरार (घाईतेहरुको विवरणसहित)

चार जनाकाे अवस्था गम्भिर
सोमबार, भदौ ४, २०८०

सल्यान  । सोमबार दिउँसो २ बजे सल्यानको कपुरकोटमा भएको गाडि दुर्घटनामा परेर १६ जना घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ आगरखोलामा रुकुम पश्चिमबाट दाङ  तर्फ गईरहेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । 

घाईते हुनेहरुमा सल्यानको दार्मा गाउँपालिका २ का ६० वर्षिय खिर्म खत्री, सोहि स्थानका ४१ वर्षिया रुपा केसी, रुकुम पश्चिमकी ४० बर्षिया बिमला देवी पुन, सल्यानको दार्मा गाउँपालिका २ का ५१ वर्षिय टिकाराम केसी, उहाँको छोरा १८ वर्षिय मानबहादुर खत्री, सोहि गाउँका रमेश केसी रहेका छन् । 

त्यसैगरी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ का ५० वर्षिया गौमती खड्का, सानीभेरी गाउँपालिका ११ का २६ वर्षिय पुस्कर रसाईली, चौरजहारी नगरपालिका वडा नम्वर १२ का ४६ वर्षिय पल बहादुर खड्का, चौरजहारी नगरपालिका १४ का १८ वर्षिया माया मगर, सोहि ठाउँकी १६ वर्षिष निर्मला राना, सल्यानको दार्मा गाउँपालिका ५ की १६ वर्षिया रमिता चन्द, रुकुम पश्चिमको सानीभरी गाउँपालिका ११ का ६० वर्षिया कमारो कामी, सोहि ठाउँमा २० वर्षिय भुपाल बिक, दार्मा गाउँपालिका १ का ३२ वर्षिय ईन्द्रबहादुर केसी र सोहि गाउँपालिका २ बस्ने ३६ वर्षिय खुमबहादुर खत्री घाईते हुनुभएको छ । 

घाईते मध्य खिर्म खत्री, रुपा केसी, बिमला देवि पुन र रमेश केसीको अवस्था गम्भिर रहेको बताईएको छ ।  

ईलाका प्रहरी कार्यालय लुहामको ईन्ट्री रेकर्ड अनुसार उक्त गाडिमा १६ जना यात्रु सवार रहेका थिए । दुर्घटनाको खबर लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले यात्रु सबैको उद्धार गरेर उपचारको लागि कपुरकोटस्थित स्वास्थ्य कार्यालयमा पठाएको थियो । अहिले घाईतेहरु सबैलाई थप उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दांग पठाईएको छ ।

हाईस सडकदेखि करिब दुई सय मिटर तल खसेको बताईएको छ । गाडि चालक सल्यान जिल्लाका दार्मा गाउँपालिका १ का २३ वर्षिय एक्क बहादुर चन्द भने प्रहरीको सम्पर्कमा नरहेको बताईएको छ । 

दुर्घटनाको कारण खुल्न सकेको छैन भने फरार चालकको खोजि भईरहेको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्