नेभिगेशन
राष्ट्रिय
मकवानपुर

प्रदेश यातायात सञ्चालन नियमावली बन्दै

 

मकवानपुर ।

प्रदेश ३ सरकारले यातायात सञ्चालन नियमावली बनाउने तयारी गरेको छ । प्रदेशभरको यातायातलाई ब्यवस्थित गर्न नियमावलीको तयारी भएको प्रदेश सरकारले जनाएको छ ।

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेशसभाबाट यातायात सञ्चालन सम्बन्धि ऐन बनीसकेको मुख्यमन्त्री डोरमणी पौडेलले जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा कार्यरत मजुदहरुको समस्या समेत समाधान हुने गरी नियमावली बनाउन लागेको बताएका छन् । यातायात क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाएर काम गर्ने तयारी प्रदेश सरकारले गरिरहेको छ ।

३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले सम्पूर्ण यातायात व्यवसायीहरुलाई कम्पनीमा लैजाने गरी प्रदेश सरकार अगाडि बढिरहेको बताए ।

यातायात व्यवसायीलाई पञ्जिकरणमा आउन आग्रह गरिएको र अब सोही अनुसार नियमावली बनाएर प्रदेश सरकार अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय