स्वरुप बदलिएको साँख दहले पर्यटक लोभ्याउँदै (फोटोहरु)

शनिबार, साउन २०, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ७ मा रहेको साँखदह पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ ।

जिल्ला सदरमुकाम रहेकै पालिकामा रहेको र मध्यपहाडि लोकमार्गको छेउमा रहेको सुन्दर साँखगाउँको मध्य भागमा रहेको यो दह अवलोकनका लागि पर्यटकहरु पुग्ने गरेका छन् । 

वर्षाको कारण भरिएको दह, चारैतिरको हरियाली वातावरण र स्थानीय सरकारले पर्यटनमैत्री विभिन्न संरचनाहरु निर्माण गरेपछि साँखदहले आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको हो । अहिले विभिन्न संरचनाहरु निर्माणपश्चात साँखदहको स्वरुप बदलिएको वडा अध्यक्ष एक्कबहादुर पाण्डेले बताउनुभयो । 

Sankha daha (1)1691197086.jpg

नेपाल सरकारको विशेष अनुदान मार्फत साँखदहमा विभिन्न संरचनाहरु बनाएपछि पछिल्लो समय दह अवलोकनका लागि पर्यटकहरु आउन थालेका छन् । दह परिसरमा पर्यटन प्रर्वद्धनका लागि गेट निर्माण गरिएको छ भने प्रतिक्षालय, दह वरिपरी बाटो, रेलिङ बनाईएको छ । त्यसैगरी दहमा मिसिन आउने अनावश्यक पानीको निकासका लागि पिसीसि नाला समेत निर्माण गरिएको छ । 

Sankha daha (4)1691197093.jpg

वडा अध्यक्ष पाण्डेले दहमा संरचनाहरु व्यवस्थित गरिएपछि पशुचौपायहरु जथाभावि जानबाट रोकिएको छ । तालमा वर्षायाममा पानी भरिन्छ भने हिउँदयाममा पानी कम हुने गर्दछ । वडा अध्यक्ष पाण्डेले तालमा बाह्रै महिना पानी भरिभराउ बनाउन बाहिरको पानी ल्याउने योजना रहेको सुनाउनुभयो । अहिले दहको बिभिन्न भागहरुमा पानीका मुहानहरु फुट्ने गरेका छन् । 

Sankha daha (3)1691197776.jpg

दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुङ्गा बिच्छ्याएपछि घुम्न लायक भएको मुसीकोट नगरपालिका १ का डम्बर थापाले बताउनुभयो । थापाले दह व्यवस्थित नहुँदा भैसीहरु आहाल बसेको, दह पुरिदै गएको देखिने गरेतापनि अब भने हेर्न र घुम्न लायक भएको जनाउनुभयो ।

तालको अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने व्यवस्था रहेको थापाले बताउनुभयो ।

Sankha daha (5)1691197095.jpg

Sankha daha (2)1691197087.jpg

Sankha daha (7)1691197099.jpg

WhatsApp Image 2023-07-30 at 11.51.181691197102.jpg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्