नेभिगेशन
राष्ट्रिय

अब नियुक्त हुने शिक्षक सामाजिक सुरक्षा कोषमा संलग्न गराईने

काठमाडौँ ।

अब नियुक्त हुने शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न गराईने भएको छ ।

शिक्षा मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अन्र्तगत शिक्षकलाई पनि समेट्ने प्रस्ताव गरिएको हो ।

यस अघि शिक्षकले पाउँदै आएको पेन्सन अब सोही कोष अन्र्तगत पाउनेछन् । यसका लागि शिक्षकहरुको योगदानमा आधारित एक शिक्षक निवृत्तभरण कोषको परिकल्पना मस्यौदामा गरिएको छ ।

ऐन प्रारम्भ हुनु अघि नै निवृत्तभरण पाउने गरी अवकाश प्राप्त शिक्षक र यो ऐन प्रारम्भ हुनु भन्दा अघि स्थायी पदका लागि शिक्षक सेवा आयोगबाट विज्ञापन भइसकेको तर यो ऐन प्रारम्भ भए पछि नियुक्त हुने शिक्षकको हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख छ ।

अर्थात् उनीहरुले यस अघि जस्तै प्रकृयाबाट पेन्सन पाउने छन् । पेन्सनले राज्यलाई अधिक भार भएको भन्दै सरकारले हालको प्रकृतीको पेन्सनको प्रावधान हटाउने गरी सामाजिक सुरक्षा कोषको अवधारणा ल्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय