सोसल मिडिया
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –३ स्थित झारमारे लेकमा पर्यटकिय पार्क निर्माण गरिएको छ ।
समुन्द्र सतहबाट ३५ सय मिटरको उचाईमा रहेको पर्यटकियस्थल झारमारेमा पर्यटकिय पार्क निर्माण गरिएको हो । डिभिजन वन कार्यालय रुकुम पश्चिमले पार्कको लागि विभिन्न संरचनाहरु निर्माण गरेको हो ।
डिभिजन वन कार्यालय प्रमुख शेर बहादुर परियारका अनुसार झारमारे लेकमा स्वागत गेट, प्रतिक्षालय, आगन्तुक घर निर्माण गरिएको छ ।
त्यसैगरी मचान (काठको भ्यु टावर) र स्थानीय ढुङगाको प्रयोग गरेर तीन वटा सुख्खा पर्खाल समेत निर्माण गरिएको छ । कार्यालय प्रमुख परियारकाले १५ लाख रुपिँयाको खर्चमा उक्त पार्क बनाईएको बताउनुभयो ।
झारमारे लेक आफैमा पर्यटकियस्थल भएकोले यहाँ विभिन्न संरचनाहरु निर्माण गरेर पार्कको रुपमा व्यवस्थित गरिएको हो । विभिन्न संरचना निर्माणको कामले पर्यटन प्रवद्र्धन हुनका साथै आउजाउ गर्ने मान्छेहरुलाई राहत हुने विश्वास लिईएको कार्यालय प्रमुख परियार जनाउनुभयो ।
यात्रुहरुको लागि बिश्रामस्थलका साथै चारैतिरको सुन्दर दृश्यावलोकका लागि पार्क निर्माणको काम प्रभावकारी हुने बताईएको छ ।