नेभिगेशन
राष्ट्रिय

उपचारात्मक कक्षा संचालनका लागि शिक्षक तालिम

सुर्खेत/जाजरकोट जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालका र शिवालय गाउँपालिकाका कक्षा ९ र १० मा अध्ययन गर्ने बिद्यार्थीहरुको सिकाई उपलब्धि सुधार गर्नका लागि शिक्षक तालिमको आयोजना गरिएको छ ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर दोस्रो परियोजना मार्फत सुर्खेतमा तिन दिने तालिमको आयोजना गरिएको हो ।

कमजोर सिकाई स्तर भएका कारण बिद्यालय छोड्ने अवस्थालाई हटाउन र बिद्यार्थीहरुकोको सिकाई उपलब्धिलाई सुधार गर्नका लागि बिद्यालयमा उपचारात्मक कक्षा चलाउन अंग्रेजी, गणित र बिज्ञान बिषयका शिक्षकलाई तालिमको आयोजना गरिएको सेभ द चिल्ड्रेनका शिक्षा ब्यवस्थापक आत्माराम भट्टराईले बताउनुभयो ।

कमजोर सिकाई स्तरका कारण बिद्यालय अनियमित हुने, सामाजिक र आर्थिक कारणले बाल श्रमिकको रुपमा भारत तथा अन्य स्थानमा जाने बिद्यार्थीहरुको संख्या रोक्न उपचारात्मक कक्षाले सहयोग गर्ने साथै प्रभावकारी शिक्षण सिकाईमार्फत बिद्यार्थीहरुको शैक्षिक उपलब्धि सुधार गर्न यो तालिम महत्वपूर्ण हुने शिक्षक तिलक बहादुर खत्रीले बताउनुभयो ।

बिहिवार सुर्खेतमा संचालन भएको तालिमको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कोषाध्यक्ष सोजन शाक्य, मानव संसाधन विकास केन्द्र सुर्खेतका शाखा अधिकृत सुवर्ण कुमार खड्का, सामाजिक विकास मन्त्रालयका कर्णाली प्रदेशका शाखा अधिकृत बलबिर सुनार, सेभ द चिल्ड्रेनका प्रोग्राम म्यानेजर बिष्णु कुमार बम र शिक्षकहरुको सहभागितामा उदघाटन गरिएको थियो ।

उक्त तालिमको पहिलो दिन मानव संसाधन विकास केन्द्र सुर्खेतका अधिकृत सुवर्ण कुमार खड्का र सेभ द चिल्ड्रेनका शिक्षा ब्यवस्थापक आत्माराम भट्टराईले गरिरहनु भएको छ । दोस्रो र तेस्रो दिन अग्रेजी गणित र बिज्ञान बिषयका बिषय बिज्ञहरुले सहजिकरण गर्ने पहाडी क्षेत्र विकास अभियान जाजरकोटका शिक्षा परियोजना संयोजक केशव कुमार बि.सी.ले जानकारी गराउनुभयो ।

उपचारात्मक कक्षा संचालन सम्बन्धी शिक्षक तालिममा जाजरकोट जिल्लाका भेरी नगरपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिकाका १६ बिद्यालयका अंग्रेजी, गणित र बिज्ञान बिषयका ४१ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

अवसर दोस्रो परियोजनाले बिद्यार्थीहरुको बिद्यालय निरन्तरता तथा शैक्षिक उपलब्धि सुधार्न जाजरकोट जिल्लाका भेरी नगरपालिका,  शिवालय गाउँपालिका र कुशे गाउँपालिकामा कार्य गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित