राष्ट्रिय
समाचार
राजनीति
समाज
घटना/दुर्घटना
अर्थ/वाणिज्य
पर्यटन
कला/संस्कृती/धर्म
खेल
विचार/ब्लग
समसामयीक
राजनीति
साहित्य
मनोरञ्जन
कला/साहित्य
गीत/संगीत
फिल्म
लाेकसेवा
ग्यालरी
फोटो ग्यालरी
मुलपाटी टिभि
अन्य
सामाजिक सञ्जाल
गृहपृष्ठ
राष्ट्रिय
समाचार
राजनीति
समाज
घटना/दुर्घटना
अर्थ/वाणिज्य
पर्यटन
कला/संस्कृती/धर्म
खेल
विचार/ब्लग
समसामयीक
राजनीति
साहित्य
मनोरञ्जन
कला/साहित्य
गीत/संगीत
फिल्म
लाेकसेवा
ग्यालरी
फोटो ग्यालरी
मुलपाटी टिभि
अन्य
सामाजिक सञ्जाल
सोसल मिडिया
Weather Update
समाज
बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण
बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण
मूलपाटी संवाददाता
२०७९ चैत १९
२०७९ चैत १९
बारा ।
आइसीटीसी राम रुक्मिनी प्राइभेट च्यारीटेवल ट्रस्ट हात्तिसार काठमाडौँको सहयोगमा एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा नि:शुल्क सेनेटरी प्याड वितरण गरेको छ ।
शनिबार वडा भित्रका ३ सय जना महिलालाई एक्सपोज नेपालले उत्पादन गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याड वितरण गरेको हो । शंकरचोक र बडहर्वा चोक गरी दुई स्थानमा भएका कार्यक्रममा प्रत्येक महिलालाई चार/चार वटाका दरले प्याड वितरण गरिएको हो ।
कार्यक्रममा उपमहानगरका उपमेयर भोला अधिकारीले सजिलो प्याड बनाउन उपमहानगरबाटै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वच्छ महिनावारी र महिलाहरूलाई सिप वृद्धि गर्ने गरी एक्सपोज नेपालसँग सहकार्य गरेर कार्यक्रम गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रममा उपमहानगरभित्रका सबै महिलालाई समेट्न आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले आगामी वर्ष स्वास्थ्य र महिलाका लागि विनियोजन हुने बजेट पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम र प्याड वितरणमा छुट्याउने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालका कुनैपनि पालिकाले माग गरेका खण्डमा तालिम संचालन गर्न र प्याड वितरण गर्न आफू तयार रहेको बताउनुभयो । कार्यक्रममा सहजकर्ता मंगला थापा पूर्व वडा अध्यक्ष अर्जुन दाहालले आफ्ना अनुभव राख्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९
१२:०४
#सेनेटरी प्याड वितरण
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाइते
नंः २
रुकुम कारागारका आठ जना कैदीबन्दीको कैद मिनाहा
नंः ३
आधुनिक सहर बन्दै चौरजहारी, ५० प्रतिशत काम सम्पन्न
नंः ४
बागबजारमा सडक क्षेत्रमा बनाईएका संरचना आफै हटाउन सुरु
नंः ५
चट्याङले क्षती : होलमा ९० हजार मूल्यको भैंसीको मृत्यु, तिमिलेको लिफ्ट खानेपानीमा क्षती
थप समाचार
रुकुम कारागारका आठ जना कैदीबन्दीको कैद मिनाहा
२०७९ चैत १९
संविधान दिवसको अवसरमा रुकुमका प्रमुख जिल्ला अधिकारी सहित १७ जनाद्वारा रक्तदान
२०७९ चैत १९
राप्ती राजमार्ग अन्तर्गत पितिबाङ खोलाको कलभर्ट मर्मतपछि सडक सुचारु
२०७९ चैत १९
पितिबाङको कल्वर्ट खोलाले बगायो !
२०७९ चैत १९