नेभिगेशन
राष्ट्रिय

२०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशित (हेर्नुस् सूचि)

काठमाडौं / सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ। बिहीबार २०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मको बिदाको सूची सार्वजनिक गरेको हो। 

सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय सार्वजनिक गरेको हो।

यस सूचनामा शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू उल्लेख गरिएको छ।

यस वर्ष शनिबार मात्रै ५२ दिन परेको छ। ६ दिन दिवस बिदा पनि उल्लेख छ। जसमा फागुन १ गते पर्ने 'जनयुद्ध दिवस' पनि उल्लेख छ।

यस्तै पाँच दिन जन्मजयन्ती बिदा पनि छ। जसमा बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा सबैलाई बिदा घोषणा गरिएको छ। तीन दिन भने सम्बन्धित धर्मावलम्बीहरूलाई दिइएको छ। 

कार्यालयमा हाजिर हुने समय र छुट्ने समय पनि निर्धारण गरिएको छ।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेम्म हुने उल्लेख छ। कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ।

शुक्रबारको दिन भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने जनाएको छ।  

हेर्नुस् बिदाकाे सूचि :

२०८० सालको बिदाको सूची

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित