मुसिकोटमा रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु

२०७९ फागुन २६

रुकुम पश्चिम / रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा चार वर्षपछि महोत्सव सुरु भएको छ । मुसिकोट नगरपालिका –१ स्थित बराहटाकुरामा शुक्रबारदेखि ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’ सञ्चालन भएको हो ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला सस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।

महोत्सवको एक कार्यक्रमका बीच मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा जिल्लाका विभिन्न स्थानहरुबाट ल्याईएका झाँकीहरु प्रदर्शन गरिनुका साथै साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारका अनुसार महोत्सवले जिल्लाको कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक पक्षलाई प्रचार प्रसार र प्रवद्र्धन गर्ने बताउनुभयो । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, हरेक दिन लाईभ दोहोरी, स्थानीय कला र सस्कृतिको प्रदर्शनी हुने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा एक सय स्टलहरु रहेका छन् ।

स्टलहरुमा घरेलु तथा कृषि उपजहरुको प्रदर्शनी, पर्यटकीय स्थलहरुको प्रचार सामाग्री, व्यापारिक स्टलहरु रहने आयोजक राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका जिल्ला अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । महोत्सवकै क्रममा नृत्य आइडल समेत संचालन हुने उहाँले बताउनुभयो । लाइभ दोहोरी सहित अन्य रमाइला प्रस्तुति तथा मनोरञ्जनका लागि विभिन्न साधनहरु पनि महोत्सवमा रहने अध्यक्ष देवकोटाले उल्लेख गर्नुभयो ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुलदेवकोटाको अध्यक्षतामा भएको महोत्सव उद्घाटन सत्रमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आथित्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको बिशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, मुसिकोट नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, अन्य सरोकारवालाहरु लगायतको आथित्यता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्