कविता : नेपाल टेलिकममा सबथोक छ !

  • उमेश ज्ञवाली

यति ठूलो बजार छ, पूर्वाधार छ
राष्ट्रको संचार बनाउने आधार छ ।
एउटै तारबाट सेवा तीन छ, चार छ
सेवा लिने सेवाग्राही हजार छ ।
के छैन र नेपाल टेलिकममा ? सबथोक छ ।

वायरलेस सेवा छ, वायरलाईन सेवा छ
सिजनल अफर सहित अलटाईम सेवा छ ।
सुगममा सेवा छ, दुर्गम रारामा सेवा छ
घर अफिस वाटो गल्लि सारामा सेवा छ ।
के छैन र नेपाल टेलिकममा ? सबथोक छ ।

जिल्ला जिल्लामा कार्यालय छ, कर्मचारी छन्
फाईवर लिज प्रयोग गर्ने संघसंस्था, व्यापारी छन् ।
डाटा प्याकेज छन्, भ्वाईस प्याकेज छन्
सेवाग्राही अनुसार च्वाईस प्याकेज छन् ।
के छैन र नेपाल टेलिकममा ? सबथोक छ ।

टूजी, थ्रीजी, फोरजी छ, फाईभजी आँउदैछ
सेवाग्राहीले दु्रत सेवा पाउँदैछ ।
सवको मनमा टेलिकमको आश छ, बास छ
सरकारी सेवा भन्ने विश्वास छ ।
के छैन र नेपाल टेलिकममा ? सबथोक छ ।

ई सिम सुरु भएको छ, फाईवर गाउँमा गएको छ
बिना तार चल्ने फोरजी होम व्रोडव्याण्ड लएको छ ।
स’विधाका बाटा छन्, फाईवर जोड्दा फ्री डाटा छन्
रिचार्जमा बोनस छ, न ग्राहकलाई घाटा छन् ।
के छैन र नेपाल टेलिकममा ? सबथोक छ ।

चुस्त सुविधा बढ्दै जाओस्, दुविधा घट्दै जाओस्
प्रतिस्पर्धि वजार छ, नडराई लड्दै जाओस् ।
गर्दै समस्याको सामना, अघि बढोस् कामना
सधै सधै यसैगरी भन्न पाईयोस शुभकामना ।
के छैन र नेपाल टेलिकममा ? सबथोक छ ।

(दुर संचार कार्यालय रुकुम (पश्चिम) मा कार्यरत कवि उमेश ज्ञवालीले यो कविता नेपाल टेलिकमको १९ औ बार्षिकोत्सवको अवसरमा तयार पार्नुभएको हो ।)

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्