नेभिगेशन
राष्ट्रिय

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न थाइल्याण्डबाट पक्राउ

मानव बेचबिखन तथा ओसारपसार गर्ने तथा करोडौ ठगी गर्ने भोजपुर हेलौचा गाविस-३ घर भई काठमाडौं गौरीघाट-८ बस्ने ३८ वर्षीय कमल, पारस, मनोज, किम, अधिराज थापामगर, प्रताप भन्ने परशुराम गुरुङलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ । 


नेपाल प्रहरीको समन्वय, पीडित, थाइल्याण्ड स्थित नेपाली राजदुताबास र थाई प्रहरीको सक्रियतामा २०७५ साल चैत १३ गते थाइल्याण्ड र लाओसको सिमानाबाट गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेेका गुरुङलाई आवश्यक प्रकृया पश्चात शुक्रबार नेपाल ल्याइएको हो ।

थाईल्याण्डमा बसेर फेक आइडि मार्फत नेपाली युवाहरुलाई बिभिन्न सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार सम्बन्धि जानकारी पठाएर आफु क्यानाडाको पिआर होल्डर हो भनी नेपालीहरुलाई क्यानाडाको पिआर कार्ड बनाई दिने तथा क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुर्‍याई दिने र ति देशहरुमा आकर्षक तलब सुबिधा हुने काममा लगाईदिन्छु भनि प्रलोभनहरु देखाई प्रति व्यक्ति ५ लाख देखि २० लाख रुपैयाँ लिई पीडितहरुबाट अन्दाजी १३ करोड भन्दा बढि नेपाली रुपैयाँ विभिन्न ब्यक्तिहरुको खातामा राख्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै गुरुङले पीडितहरुलाई भिजिट भिषामा थाइल्याण्डको बैंककसम्म पुर्याई बैंककमा पुगेपछि कोठामा बन्धक बनाउने, बाहिर निस्कन नदिने, बाहिर निस्किए थाई प्रहरीले गोली हान्छ भनि डर देखाउने, धम्की दिने, त्रसित बनाई पिडितहरुलाई चरम शोषण गरी पीडितहरुले नेपालबाट लगेको अमेरिकी डलर समेत जबरजस्ती आफ्नो कब्जामा लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

गुरुङले पीडितहरुलाई अलपत्र पारि फरार रहेने गरेको भन्ने उजुरीहरुको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोले आर्थिक वर्ष २०७१/७२ सालदेखी मुद्धा दर्तागरि अनुसन्धान सुरु गरेकोमा हालसम्म ५० जना भन्दा बढी पीडितहरुले बिभिन्न समयमा प्रतिवादी परशुराम गुरुङको नाममा मानब बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा जाहेरी दिएकोमा नेपाल सरकारले २०७२ साल जेष्ठ २२ गते पासपोर्ट रद्ध गरि बिभिन्न मिति र समयमा सम्बन्धित निकायहरुसँग अबिछिन्न पत्राचार तथा समन्वय गर्दै आएकोमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाद्वारा गुरुङको नाममा २०७२ साल असार १८ गते गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित