नेभिगेशन
समाज

पुथामा बाल दिवस भव्य रुपमा मनाउने तयारी

  • हिक्मत प्रोतेल

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले राष्ट्रिय बाल दिवसलाई विभिन्न विद्याका प्रतियोगिताहरु आयोजना गरेर मनाउने भएको छ ।

गाउँपालिकाका अनुसार भाेलि भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा बाल अधिकार सम्बन्धीका नाराहरु सहितको र्याली निकालेर दिवसको उद्घाटनसँगै बिभिन्न प्रतियोगिताहरु संचालन हुनेछन् ।

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले दिवसको अवसरमा बालविवाह सम्बन्धीको चेतनामुलक सडक नाटक, 'बाल विवाह न्युनिकरणमा हाम्रो भुमिका' विषयमा वक्तृत्तवकला, २० वर्ष वारीको भन्दा २० वर्ष पारीको विवाह ठिक शिर्षकमा वादविवाद, नृत्य प्रतियोगिता, हाजिरी जवाफ लगायतका प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

बाल दिवसको अवसर राष्ट्रियस्तरको राष्ट्रपति रनिङ सिल्डमा तीन हजार मिटर दौड प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने छात्रा दीक्षा छन्त्याललाई पनि सम्मान गर्ने रहेको छ । छात्रा छन्त्यालले पुथा उत्तरगंगा गाउँपालिका स्तरिय हुँदै लुम्बिनी प्रदेश स्तरियसम्म लगातार तीन हजार मिटर दौडमा पहिलो स्थान हासिल गर्दै राष्ट्रिय स्तरमा छनोट हुनुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर