नेभिगेशन
राष्ट्रिय
चितवन

चीनबाट गाई ल्याउने कुरामा चितवनका संघ संस्थाको विरोध

चितवन ।

प्रदेश ३ सरकारले चीनबाट उन्नत जातको गाई ल्याउने भएपछि चितवनका विभिन्न संघ संस्थाले त्यसको विरोध गरेका छन् ।

व्यवसायीक पशुपालन तथा दुध उत्पादक कृषक समाज नेपालका अध्यक्ष आनन्द न्युरेले नेपालमै पनि नस्ल सुधार गरी उन्नत जातका गाई उत्पादन भईरहेकाले विदेशबाट ल्याउन आवश्यक नरहेको बताए ।

३५ लिटर दुध दिने उन्नत जातको गाई ल्याउनेबारे प्रदेश सरकारले चीनिया पक्षसँग केहिदिन अघि गरेको सम्झौताको विरोध गर्दै उनले गाई भन्दा प्रविधि ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय