नेभिगेशन
खेल

दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, आफ्नै भूमिमा पदकविहिन बन्यो कर्णाली

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा गण्डकी प्रदेश प्रथम भएको छ ।

चार स्वर्णसहित कुल आठ पदक जित्दै गण्डकीले प्रतियोगितामा जित हाँसिल गरेको हो । प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य पदक प्राप्त गरेको छ ।

तीन स्वर्ण, दुई रजत र चार कास्य गरी नौ पदक जितेको नेपाली सेनाले दोस्रो स्थान हाँसिल गरेको छ । यसैगरी तीन स्वर्ण, पाँच रजत र दुई कास्य गरी १० पदक जितेको बागमती प्रदेश तेस्रो भएको छ ।

तीन स्वर्ण र एक रजतसहित सशस्त्र प्रहरी बल (एपीएफ) चौथो स्थानमा रहँदा दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ पदक जितेको लुम्बिनी प्रदेश पाँचौँ भएको छ ।

दुई स्वर्ण, एक रजत र दुई कास्यसहित नेपाल पुलिस छैटौँ भएको छ । एक स्वर्ण, एक रजत र एक कास्य जितेको कोशी प्रदेश सातौँ स्थानमा रहँदा एक रजत र एक कास्यसहित सुदुरपश्चिम आठौँ भएको छ ।

दुई कास्य पदक जितेको मधेस प्रदेश नवौँ स्थानमा सीमित हुँदा प्रतियोगितामा सहभागी कर्णाली प्रदेश भने पदकविहीन बनेको छ ।

आफ्नै भूमिमा राष्ट्रिय खेलकुद आयोजना गरिरहेको कर्णाली शारीरिक सुगठनमा पदकविहीन हुँदा प्रदेशमा खेल तयारी, खेलाडी उत्पादन र प्रशिक्षण व्यवस्थापनमाथि चुनौती सिर्जना भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल