नेभिगेशन
खेल

दशौं राष्ट्रिय खेलकुद : लुम्बिनीलाई कोशीले हरायो

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रवार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १—४ गोलले हराएको छ । कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गर्नुभयोभने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गर्नुभएको थियो ।

लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९ औं मिनेटमा फागुराम चौधरीले गर्नुभएको थियो । कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८ औं मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा खेलेको थियो । रातोकार्ड पाएका भुजेललाई आगामी एक खेलमा प्रतिवन्ध लागेको छ । यस्तै सो खेलमा लुम्बिनीका फागुराम चौधरीले पहेँलो कार्ड पाउनुभएको थियो ।

पहिलो खेलमा पनि चौधरीले पहेँलो कार्ड पाउँदा पहेँलो कार्डको संख्या दुई भएपछि उहाँलाई पनि आगामी एक खेल प्रतिवन्ध लागेको म्याच कमिसनर बीरेन्द्र पाण्डेले बताउनुभयो ।

आफ्नो पहिलो खेल बागमतीसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छभने त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंक बिहीन भएको छ । शुक्रवार दिउँसो २ः३० बजे बागमती र नेपाली सेनाको त्रिुभवन आर्मी क्लवविच खेल हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल

ट्याखोलामा गोल्ड कपको धमाका सुरु