नेभिगेशन
खेल

दशौं राष्टिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जीत

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हाल जारी रहेका सबैजसो खेल विधाहरुमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जीतसंगै उत्साहजनक शुरुवात गरेको छ ।

विहीबार कालुन्चोक मैदानमा उद्घाटन खेलमा कर्णालीका विपिन रावल चम्किंदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई पहिलो खुशी दिएको हो । १२८ रनको लक्ष्य पछ्याएको कर्णालीले विपिनले ३५ बलमा जोडेको महत्वपूर्ण ६० रनको योगदानमा १३ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रविन्द्रजंग शाहीले समान १३-१३ रन जोडेका थिए । टस हारेपनि पहिला ब्याटिंगको निम्ता पाएको छिमेकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो ।

सुदूरका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो । सुदूरलाई शुरुदेखि नै दवाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई-दुई विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्