नेभिगेशन
समाज

गुल्मीमा तीन दिनदेखि सम्पर्कविहीन महिला मृत फेला

गुल्मीमा  तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ।

जिल्लाको रेसुङ्गा नगरपालिका–१४ खौवाकी ४० वर्षीया कोपिला विक सोही वडाको सितडाँडामा मृत फेला पर्नुभएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार विक मङ्सिर ८ गतेदेखि घरपरिवारको सम्पर्कमा रहनुभएको थिएन। लामो समयसम्म सम्पर्कमा नआएपछि उहाँको खोजी गरिएको थियो। खोजीका क्रममा उहाँको शव सोही वडाको सितडाँडामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्