नेभिगेशन
कला/संस्कृती/धर्म

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला (तस्बिरसहित)

करिब दुई लाख दर्शनार्थीले गरे दर्शन तथा अवलोकन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ मा लाग्ने कर्णालीकै प्रसिद्ध डिग्रे मेला सकिएको छ ।

गत शुक्रवार हरिबोधनी एकादशकीको दिनबाट सुरु भएको मेला आज मङगलवारका दिन परेको पूर्णिमाको दिन समापन भएको हो । 

पवित्र धार्मिक तथा पर्यटकिय स्थल डिग्रे शाइकुमारी मन्दिर परिसरमा लाग्ने यो मेलाको अवसरमा मन्दिरमा पुजाआजा गर्न तथा मेला भर्न करिब दुई लाख दर्शनार्थी पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले पाँच दिनमा करिब दुई लाख जनाले पुजाआजासँगै मेला अवलोकन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको मुख्य दिन हजारौ दर्शनार्थीले मेला परेका छन् । 

मेलामा मयूर, सिँगारु, पैसेरु लगायतका बिभिन्न नाचहरुका साथै बिशेष गरेर सगाल नाच समेत प्रस्तुत हुने गर्दछ । स्थानीय साँख गाउँबाट लाठिसहित आउने समुहले मन्दिर परिक्रमा गरेर मेलामा लाठि नाच प्रस्तुत गरेपछि मेला समापन हुने गरेको छ । मेलामा अन्य स्थानीय झाँकी, काठे पिङ, बाल उद्यान लगायतका मनोरञ्जनात्मक प्रस्तुतीहरु समेत व्यवस्था गरिएको हुन्छ । 

अध्यक्ष केसीले यस वर्ष रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान, डोल्पा, सुर्खेत, दाङग, बाँके, बर्दिया सँगै भारतबाट समेत दर्शनार्थीहरु मन्दिरको दर्शन गर्न र मेला भर्न आएको बताउनुभयो । 

मेलाको अवसरमा एकादशी देखि पूर्णिमासम्म डिग्रे मन्दिरमा विशेष पुजाआजा तथा बलि चढाइन्छ । एकादशी र पूर्णिमाको दिनमा भने बलि बाहेक पुजाआजा मात्र हुन्छ । यो मन्दिरमा पुजाआजा, दर्शन र बलि दिनाले मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

Digre-mela_Rukum_Raju-(7)-1795521676.jpg

Digre-mela_Rukum_Raju-(10)-1795521677.jpg

Digre-mela_Rukum_Raju-(5)-1795521697.jpeg

Digre-mela_Rukum_Raju-(3)-1795521696.jpeg

Digre-mela_Rukum_Raju-(2)-1795521694.jpeg

Digre-mela_Rukum_Raju-(1)-1795521692.jpeg

Digre-mela_Rukum_Raju-(8)-1795521675.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्