नेभिगेशन
समाज

नदिले बगाएको दाउरा निकाल्न गएका रोकाय नदिमै बेपत्ता

रुकुम पश्चिमस्थित सानीभेरी नदिमा एक युवा बेपत्ता भएका छन् । 

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर १ टाउँकेलेखका २८ वर्षीय प्रेम रोकाय आज (बुधबार) बिहान १० बजे सानीभेरी नदिमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नदिले बगाएको दाउरा निकाल्ने क्रममा उहाँ नदिमै डुबेर बेपत्ता हुनुभएको हो ।

घटनाबारे स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीले बेपत्ता रोकायको खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्