नेभिगेशन
समाज

चौरजहारीमा सर्पले टोक्दा एक महिला घाईते

रुकुम पश्चिमको चौरजहारीमा सर्पको टोकाईबाट एक महिला घाईते हुनुभएको छ । चौरजहारी नगरपालिका वडा नम्वर ८ बसीगाउँ निवासी ४५ वर्षीय पम्फा मल्ललाई सर्पले टोकेर घाईते बनाएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान मल्ललाई आफ्नै घर नजिकको खेतमा पानी हाल्न गएको बेला हरियो रङको सर्पले दायाँ खुट्टामा टोकेको हो । सर्पले टोक्ने बित्तिकै उहाँलाई उपचारको लागि चौरजहारी अस्पतालमा ल्याईएको थियो ।

चौरजहारी अस्पतालमा मध्यम उपचार गरेर थप उपचारको लागि उहाँलाई मेहेलकुना अस्पताल सुर्खेतमा रिफर गरिएको छ । उहाँको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । 

यस अघि गत आईतबार र सोमबार चौरजहारी नगरपालिकाका दुई जना र सानिभेरी गाउँपालिकाका दुई जनालाई सर्पले टोकेर घाईते बनाएको थियो ।

वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीहरु बढ्ने क्रम रहेको छ । जिल्लामा सर्पदशंका बिरामीहरुको लागि उपचार सेवा नभएपछि जिल्ला बाहिर रिफर गुर्नपर्ने बाध्यता रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्