नेभिगेशन
समाज

भेरीमा बेपत्ता ओलीको शव चार दिनपछि भेटियो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ७ मा एक पुरुषको शव फेला परेको छ । शव बाँफिकोट गाउँपालिका-१० बस्ने वर्ष ३४ का देव ओलीको रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार गत साउन २२ गते माछा मार्न नदीमा गएको बेला बगेर बेपत्ता भएका ओलीको शव आज फेला परेको हो ।

मुसिकोट नगरपालिका-३ भोटेमारा स्थित सानीभेरी नदीमा माछा मार्न जाल हान्ने क्रममा नदीमा डुबेर ओली बेपत्ता भएको प्रहरीको भनाई छ । 

ओलीको खोजतलासमा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खटक बहादुर शाहीको कमाण्डमा १५ जना र प्रहरी चौकी सिम्लीबाट प्रहरी सहायक निरीक्षक नर बहादुर विष्टको कमाण्डमा ४ जना गरी कुल १९ जनाको संयुक्त परिचालन भएको थियो । 

प्रहरीले सानीभेरी गाउँपालिका-७ सहरे खोला स्थित सानीभेरी नदी किनारको टापुमा निजको शव फेला पारी नदी बाहिर निकालेको हो । उक्त शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्