नेभिगेशन
समाज

सामुदायिक विद्यालयका शिक्षकहरुलाई सर्वानुकुलित ढाँचाका बिषयमा तालिम

समावेशी र अपाङ्गतामैत्री शिक्षणका लागि तालिम प्रभावकारी भएको प्रतिक्रिया

रुकुम पश्चिम र जाजरकोटका पाँच स्थानीय तहमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरुको लागि सिकाइको सर्वानुकुलित ढाँचा बिषयक तालिम समापन गरिएको छ । 

फेल्म नेपालको सहयोगमा परिलक्षित संस्थाद्वारा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको लागि समावेशी शिक्षा र सशक्तिकरण परियोजनाले तालिम प्रदान गरेको हो । पाँच दिनसम्म मुसिकोट नगरपालिका ५ स्थित होटेल श्री मा भएको तालिम आईतबार समापन भएको छ । 

तालिम समापन समारोहमा सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले शिक्षकहरुको लागि पाँच दिने तालिम महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले पछिल्लो समय भईरहेको प्रविधिको विकासले शिक्षकहरुलाई चुनौती थपेकोले शिक्षकहरु स्वयम् नयाँ बिषय, प्रविधिमैत्री शिक्षण कार्य, अध्ययन तथा अनुसन्धान, नीति नियम अनुसारको सिकाइ वातावरणका लागि अपडेट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले विद्यालयलाई समावेशी र अपाङ्गमैत्री बनाउन तालिममा सिकेका महत्वपूर्ण बिषयलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । तालिम समापन समारोहका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष बिष्टले शिक्षा क्षेत्रका समस्या एक्लै समाधान नहुने भएकोले एकिकृत पहल गरेर समावेशी र गुणस्तरिय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । 

IMG_7864-1785668538.JPGकार्यक्रममा परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेले शिक्षकहरुको क्षमता अभिबृद्धि गरेर समावेशी शिक्षा कार्यान्वयनमा जोड दिन तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले तालिममा सहभागी शिक्षकहरुले आ–आफ्नो विद्यालयमा लागु गर्नसक्ने योजनाहरु समेत निर्माण गरेकोले त्यसको कार्यान्वयमा जोड दिनु भयो ।

परिलक्षित संस्थाले यस परियोजनामार्फत सामुदायिक विद्यालयहरुमा शौचालय निर्माण, फर्निचर सहयोग, भौतिक पुर्वाधार सुधारमा सहयोग, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई तालिम, विद्यार्थीहरुको क्षमता विकास तालिम लगायतका कार्यक्रम सञ्चालन गरिरहेको अधिकृत लामिछानेले उल्लेख गर्नुभयो । 

IMG_7852-1785668544.JPGतालिम समापन समारोहमा सहजकर्ता आत्माराम भट्टराईले समावेशी शिक्षा र अपाङ्गता भएका बालबालिकाहरुको शैक्षिक वातावरणका सिर्जनाका लागि तालिम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले स्थानीय तहले शिक्षा क्षेत्रमा गर्न चाहेका तर रिक्त रहेका पक्षहरु परिपूर्तिका लागि परियोजनाले काम गर्ने भएकोले तालिममा सिकेका बिषयवस्तुहरु कार्यान्वयमा जोड दिन अनुरोध गर्नुभयो । सहजकर्ता भट्टराईले तालिममा सिकेका कुराहरु विद्यालयका अन्य शिक्षहरुसँग समेत बाँडेर विद्यालयमा समावेशी शिक्षाको लागि महत्वपूर्ण काम गर्न सकिने उल्लेख गर्नुभयो । 

तालिममा २८ जना शिक्षकहरुको सहभागिता रहेको परियोजनाका सामाजिक परिचालक उर्मिला के.सी. शाहले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा परियोजना लागु भएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिका र जाजरकोटको कुशे र जुनिचाँदे गाउँपालिका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । 

IMG_7843-1785668702.JPGतालिम समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट प्रतिक्रिया मन्तव्य दिनुहुँदै जाजरकोटको कुशे गाउँपालिकाका राधिका शर्माले तालिममा संविधानले गरेका विभिन्न शैक्षिक व्यवस्था, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको शैक्षिक अधिकारका सवालमा भएका व्यवस्था जान्न मदत पुगेको बताउनुभयो । उहाँले समावेशी शिक्षाको बिषयमा समेत महत्वपूर्ण कुराहरु सिक्न पाएको र विद्यालयमा कार्यान्वयन गर्ने बताउनुभयो । 

त्यसैगरी अर्का सहभागी आठबिसकोट नगरपालिकाका तुलबहादुर आग्रीले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्ने बताउनुभयो । तालिम अत्यन्त सान्दर्भिक र प्रभावकारी रहेको प्रतिक्रिया दिनुहुँदै उहाँले समावेशी शिक्षा कार्यान्वयका लागि विद्यालयमा जोडदार पहल गर्ने जनाउनुभयो । 

परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेको अध्यक्षमा भएको तालिम समापन कार्यक्रममा सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तालिम सहजकर्ता आत्माराम भट्टराई, परिलक्षित संस्थाका अधिकृत सुर्य बहादुर शाही लगायतको आतिथ्यता रहेको थियो । परियोजनाका सामाजिक परिचालक उर्मिला के.सी. शाहले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

तालिम साउन १३ गते बुधबारका दिन सुरु भएको थियो । तालिमको उद्घाटन बाँफिकोट गाँउपालिकाका अध्यक्ष जनक कुमार बाँठाले गर्नुभएको थियो । 

IMG_E7874-1785668703.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्