नेभिगेशन
समाज

पहिरोले क्षति गरेको शिव आविलाई तत्कालै राहत सामाग्री प्रदान

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा ९ मा रहेको शिव आधारभूत विद्यालय मगरराङजालाई एक लाख बराबरको सामाग्री उपलब्ध गराईएको छ।
‎लगातारको बर्षापछि गत साउन ४ गते गएको पहिरोले विद्यालयको भवन तथा भान्सा घर पूर्ण क्षति भएर त्यस भित्रका सम्पुर्ण सामानहरू नष्ट भएका थिए । 
सानीभेरी गाउँपालिकाको कार्यालयले विद्यालयलाई भान्सा भित्रका सामानहरु तत्कालै उपलब्ध गराएको हो  । करिब १ लाख रकम बराबरका सामानहरु विद्यालयलाई उपलब्ध गराएको गाउँपालिकाका ‎प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बालबिकास देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजा तथा पोसिलो खानेकुरा नियमित गराउन तत्कालै आवश्यक सामाग्रीहरु उपलब्ध गराएको हो । 

‎विद्यालयलाई ५०० लिटरको ड्रम ,थाल र गिलास ४०, ४० वटा, ग्याँस चुलो र सिलिन्डर १ सेट, फिल्डर ३ वटा, डिक्चे ३ वटा, प्रेसर कुकुर ३ वटा, कुर्सी ६ वटा  र कार्पेट लगाएतका सामाग्री हस्तान्तरण गरिएको सानीभेरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपाल सिं विष्टले जनाउनुभयो । 

‎आपतकालिन अवस्थामा बालबालिकाहरुको पठपाठन नियमतिताको लागि विपद् कोषबाट उक्त सामाग्री दिईएको हो । 

सम्बन्धित समाचार :-

पहिरोले विद्यालयमा क्षति

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्