नेभिगेशन
समाज

खहरेमा अवैध रुपमा काटिएको ५० थान काठ बरामद, संलग्नहरु फरार

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -५ खहरेमा अवैध रुपमा काटेर चिरान समेत गरिएको ५० थान काठ बरामद गरिएको छ । 

डिभिजन वन कार्यालयले साल हर्रो प्रजातीको ४९ र गोलिया एक थान काठ बरामद गरेको जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार बिहिबार राती अवैधरुपमा कटान र मुछान भएको काठ बरामद गरिएको हो ।

बरामद गरिएका काठहरु विभिन्न साईजको रहेका छन् । बरामद गरिएका काठहरु साल प्रजातीको चिरान काठ ३८ थान, हर्रो प्रजातीको चिरान काठ ११ थान र एकथान गोलिया काठ रहेका छन् । 

कार्यालयलाई प्राप्त गोप्य सुचनाको आधारमा डिभिजन वन कार्यालयका वन अधिकृत सुनिल कमल कडेंलको नेतृत्वमा १२ जना वन कर्मचारीहरु परिचालन गरेर उक्त काठ बरामद गरिएको डिभिजनल प्रमुख परियारले जानकारी दिनुभयो ।

उक्त  घटनामा संलग्न व्यक्तिहरु परिचान भईसकेको तर फरार रहेको उहाँले बताउनुभयो। उनीहरुको खोजी कार्य जारी रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज