नेभिगेशन
समाज

समस्या यकिन गरेर समाधानका लागि योजना बनाउन  मन्त्री बादीको निर्देशन

नेपाल सरकारका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिला तथा बालबालिकाको क्षेत्रमा भएका समस्या पहिचान गरेर र समाधानका लागि समेत एकिकृत योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा विभिन्न कार्यालय प्रमुखहरुसँग भएको अन्तरक्रियाकार्यक्रममा मन्त्री बादीले समस्या मात्र नदेखाएर समाधानका उपायहरु समेत उल्लेख गर्न निर्देशन दिनुभयो । उहाँले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङख्यक र सामाजिकसुरक्षाको सवालमा के कस्ता बिषयमा समस्या छन् र कसरी समाधान गर्न सकिन्छ भनेर र प्रत्यक्ष रुपमाजानकारी लिन जिल्ला आएको उहाँले बताउनुभयो ।

बिशेष गरेर कर्णालीका महिलाहरु विभिन्न कारणले पीडित हुन पुगेको बताउँनुहँदै मन्त्रीबादीले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन आवश्यक रहेको बताउनुभयो । सशक्तिकरणका लागि विभिन्न तालिम सञ्चालन गर्ने तर तालिमपछि के गर्ने भन्ने बिषयमायोजना नहुँदा कामको परिणाम नआएको उहाँको भनाइ छ ।

जिल्लामा अपांगता पुर्नस्थापना केन्द्र, महिला सेल, दलित सेल लगायतका संरचनाकोआवश्यकताको सवाल आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । कर्णालीमाबालविवाह, कुपोषण, बालश्रमलगायतको समस्या रहेकोले यसको तथ्यांक र सचेतिकरणतर्फ ध्यान दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

सरकारले जोखिममा परेका बालबालिकाहरुको लागि अस्थायी सेवा केन्द्र समेत सञ्चालन गरेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो,“तथ्यांक संकलन गरौ, समस्या पहिचान गरौ र समाधानका उपाय पनि खोजौ, सबै मिलेर समस्या समाधान गर्न सक्छौ ।”

वालविवाह अन्त्य गर्नुपर्ने, विगतमा बालविवाह भैसकेकाहरुको विवरण यकिन गरेर उनीहरु लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले जनाउनुभयो ।

सरकारले शिशु तथा मातृ शिशु कार्यक्रमका प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा रहेको समेत उहाँले बताउनुभयो । मन्त्री बादीले भूकम्पले प्रभावित बालबालिका, महिला, एकल महिलाहरुको तथ्यांक संकलन गर्न समेत र्निदेर् शन दिनुभयो ।

आजै उहाँले जिल्लाको त्रिवेणी, सानीभेरी र चौरजहारी नगरपालिकामा विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जिल्लाको समग्र शान्ति सुरक्षा विकास निर्माणको अवस्थाबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी जिल्लामा बालबालिका महिला अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, समस्या र समस्या समाधानका उपायहरु बारेमा पनि प्रमुख जिल्ला अधिकारी गौतमले मन्त्री बादी समक्ष जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज