नेभिगेशन
समाज

गोतामकोटको खोल्सामा एक पुरुष मृत अवस्थामा फेला

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ गोतामकोटको चुवाना क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–१ निवासी अन्दाजी ३७ वर्षीय प्रविर घर्तीको शव फेला परेको हो ।

बुधबार साँझ गोरेटो बाटोबाट करिब ५०० मिटर तल खोल्सामा घर्तीको शव फेला परेको हो । शव भेटिएपछि वडा अध्यक्ष देवबहादुर घर्तीले प्रहरीलाई जानकारी गराउनु भएको थियो ।

घटनास्थलमा गएको प्रहरी टोलीले घटनास्थलको आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाएको जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्