नेभिगेशन
समाज

चौरजहारीमा कभर्ड हल र तरकारी संकलन केन्द्रको भवन एकै साथ उद्घाटन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर २ मा दुई वटा संरचना निर्माण भएका छन् । 

नयाँ शहर आयोजना कार्यालय चौरजहारीले निर्माण गरेको तरकारी संकलन केन्द्र र बहुउद्देश्यीय कभर्ड हलको आज एकैसाथ उद्घाटन समेत गरिएको छ । 

उद्घाटन भएका यी दुवै संरचना आजै चौरजहारी नगरपालिकालाई औपचारिक हस्तान्तरण समेत गरिएको छ।

यी दुई संरचनाको चौरजहारी नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईश्वरी शर्मा बि.एम.ले उद्घाटन गर्नुभएको हो । 

भवन उद्घाटन कार्यक्रममा कावा नगर प्रमुख शर्माले तरकारी संकलन केन्द्रले स्थानीय कृषकको उत्पादनको संकलन, भण्डारण र बजारीकरणमा टेवा पुग्ने बताउनुभयो। यसका साथै विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा समेत महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कभर्ड हल यस क्षेत्रको समग्र खेल र अन्य सामाजिक गतिविधिका लागि उपयोगी हुने उहाँको भनाई छ । 

नयाँ शहर आयोजनाका प्रमुख गौरी पण्डितले दुवै संरचनाको एकसाथ नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नं. २ का वडाध्यक्ष वीरबहादुर राना लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्