नेभिगेशन
समाज

बाँफिकोट २ मा ३५ दिनभित्र जन्मदर्ता गरेमा अण्डा र तेल उपहार

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ को कार्यालयले सुत्केरी आमाहरुको पोषणको लागि अण्डा र तेल वितरण गर्ने जनाएको छ ।

वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार सुत्केरी आमाहरुको लागि पोषणमा टेवा पुर्याउन वडा कार्यालयले अण्डा र तेल उपलब्ध गराउने कार्यक्रम तय गरेको छ । 

उहाँले यसको लागि बच्चा जन्मिएको ३५ दिनभित्रै वडा कार्यालयमा जन्म दर्ता गर्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष खत्रीले तोकिएको समयमै बच्चाको जन्मदर्ता गरेमा एक क्यारेट (३० वटा) अण्डा र एक लिटर तेल निशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिनुभयो । 

वडा अध्यक्ष खत्रीले तोकिएका समयमै जन्म दर्ता गराउन प्रेरित पनि हुने र सुत्केरी आमालाई पोषणमा पनि सहयोग पुग्ने भएकोले यस्तो कार्यक्रम ल्याईएको बताउनुभयो । 

त्यसका लागि वडा कार्यालयले वडाको समपुरक कोषबाट ८५ हजार वजेट समेत विनियोजन गरेको छ । यो योजना आगामी साउन १ गतेदेखि लागु हुने वडा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्