नेभिगेशन
समाज

सेवाग्राहीलाई सचेतना दिदैं चौरजहारी प्रहरी

रुकुम पश्चिमको चौरजहारीमा सेवाग्राहिहरुसँग सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । 

इलाका प्रहरी कार्यालय चौरजहारीले सेवाग्राहिहरुसँग अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । 

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आईतबार कार्यालयमा सेवाग्राहिहरुसँग अन्तरक्रिया गरिएको यो । यस अवसरमा सेवाग्राहीलाई प्रहरीको काम, कर्तव्य र इलाका प्रहरी कार्यालयबाट प्रवाह भईरहेका सेवाको विषयमा जानकारी गराईएको थियो । 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक डाङ्गीले सेवाग्राहिहरुलाई सेवा प्रवाहको बिषयमा सहजीकरण गर्नुभएको हो । यससँगै उहाँले चौरजहारीको शान्ती सुरक्षा र प्रहरीले गर्नुपर्ने आवश्यक रहेका कामहरुको बारेमा सेवाग्राहिहरुसँग सुझाव समेत माग्नु भएको थियो । 

कार्यक्रममा सेवाग्राहिहरु, स्थानीयवासी, व्यवसायीहरु लगायतको सहभागीता रहेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज