नेभिगेशन
समाज

सुलिगाडको खोचमा खुट्टा मात्रै देखिएको अवस्थामा शव फेला

डोल्पाको सुलिगाड खोलामा एक बेवारिसे शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शे-फोक्सुण्डो गाउँपालिका -८ छेप्का नजिक रहेको सुलिगाड खोलाको खोचमा एक वेवारिसे शव भेटिएको हो । 

प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिलराज गिरीका अनुसार आईतबार दिउँसो खोलाको खोचमा शव रहेको भनि खबर प्राप्त हुन साथ प्रहरी टोली घटनास्थलतर्फ गएको छ । अप्ठ्यारो खोचमा खुट्टा मात्रै देखिएको अवस्थामा शव रहेको उहाँले जानकारी दिनुभयो । 

डिएसपी गिरीले घटनास्थलमा पुगेको प्रहरीले शव निकाल्न प्रयासरत रहेको बताउनुभयाे । शवको पहिचान समेत भएको छैन ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा, सशस्त्र प्रहरी बल नं. ४६ गुल्म दुनैबाट सशस्त्र प्रहरी निरीक्षक धिरेन्द्र बहादुर बडुवाल र संग्राम शार्दुल गुल्म सुलिगाडबाट हुदा प्रकाश मिदुनको कमाण्डमा जम्मा २३ जनाको संयुक्त सुरक्षा टोली खटिएको बताईएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्