नेभिगेशन
समाज

सानीभेरी १ को मकैबारीमा एक पुरुषको शव फेला

रुकुम पश्चिममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

आईतबार दिउँसो जिल्लाको सानीभेरी गाउँपालिका १ स्थित मकै बारीमा पुरुषको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद बहादुर पौडेलका अनुसार सोहि वडा निवासी ५५ वर्षीय खड्कबहादुर पुनको शव फेला परेको हो । उहाँका अनुसार घरभन्दा करिब १५ मिटर परको मकै बारीमा पुनको शव फेला परेको हो । डिएसपी पौडलले अत्याधिक मदिरा सेवनको कारण पुनको मृत्यु भएको जानकारी दिनुभयो । 

उक्त घटनाको सूचना लगत्तै प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी हवल्दार भूपाल सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल गरेको छ । 

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याउने तयारी भईरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज